आपसी सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउनुपर्छ: मन्त्री श्रेष्ठ
gorkhapatraonline.com · Mon Nov 09 17:16:24 UTC 2026

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले नेपाल संवत् ११४७ तथा म्हःपूजाको अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति, सुस्वास्थ्य, एकता र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ।
उहाँले नेपाल संवत् नेपालको मौलिक इतिहास, सभ्यता, संस्कृति र राष्ट्रिय स्वाभिमानको जीवन्त प्रतीक भएको उल्लेख गर्दै यसले एकता, सहअस्तित्व, परोपकार र सामाजिक न्यायको मार्गमा अघि बढ्न प्रेरित गर्ने बताउनुभएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)