मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भारत जानुअघि परिपक्वता देखाऊ, रवि–बालेन मत मिलाऊ

barnanmedia.com · Mon Nov 09 22:59:50 UTC 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको दुईतिहाइ नजिकको सरकार सहज ढंगले सञ्चालन भइरहेको हुन्थ्यो भने यतिबेला पार्टीका नेताहरू प्रधानमन्त्री बालेन्द्र शाहको पहिलो औपचारिक भारत भ्रमणलाई ऐतिहासिक र उपलब्धिमूलक बनाउन केन्द्रित हुन्थे। पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री शाहबीच भारत भ्रमणलाई कसरी राष्ट्रहितमा उपयोग गर्ने, कुन विषयमा भारतीय प्रधानमन्त्रीसँग निर्णायक वार्ता गर्ने र त्यसबाट देशले कसरी लाभ लिने भन्ने रणनीतिक छलफल भइरहेको हुन्थ्यो। तर अहिले परिस्थिति ठीक उल्टो दिशामा अघि बढिरहेको छ।

प्रधानमन्त्री शाह नोभेम्बर २२ देखि २५ सम्म भारत भ्रमणमा जाने तयारीमा छन्। त्यसको पूर्वतयारीका लागि भारतीय विदेश सचिव विक्रम मिस्री काठमाडौं आएर फर्किसकेका छन्। भ्रमणका एजेन्डामा हवाई प्रवेशमार्ग, व्यापार, पारवहन, ऊर्जा, सीमा विवाद र बाढीपछिको पुनर्निर्माणका विषय समेटिएका छन्। तर यतिबेला देशको राजनीतिक वृत्तमा भारत भ्रमणभन्दा रवि–बालेन सम्बन्धको चर्चा बढी हुन थालेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)