मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

म्हः पूजा गरी नेवार समुदायले मनाए नयाँ वर्ष

lokaantar.com · Tue Nov 10 00:23:03 UTC 2026

नेपाल संवत् ११४७ को पहिलो दिन आज सोमबार भक्तपुरलगायत देशका विभित्र स्थानमा नेवार समुदायले म्हः पूजा गरी नयाँ वर्ष मनाएका छन् ।

नेवार समुदायले प्रत्येक वर्ष तिहारअन्तर्गत गोवद्र्धन पूजाका दिन म्हः पूजा गर्ने परम्परा छ । नेपाल भाषामा ‘म्हः’ को अर्थ शरीर भएकाले यस दिन शरीरलाई ईश्वरको बासस्थान मानेर पूजा गर्ने गरिन्छ । म्हः पूजालाई आत्मपूजाका रूपमा समेत लिने गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)