देशभर नेपाल संवत् ११४७ मनाइँदै, नेवार समुदायमा म्हः पूजा
hamrakura.com · Tue Nov 10 00:00:00 UTC 2026

काठमाडौँ। नयाँ वर्षका रूपमा नेपाल संवत् ११४७ आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ। यस अवसरमा नेवार समुदायले नयाँ वर्षको स्वागत गर्नुका साथै आफ्नो आत्मको पूजा (म्हः पूजा) पनि गर्दै छन्।
नेपाल संवत्लाई नेवार समुदायले मौलिक नयाँ वर्षका रूपमा मनाउँदै आएका छन्। राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इसं ८८०) मा गरिब जनताको ऋणमोचन गराई नेपाल संवत् सुरु गराएका हुन्। पृथ्वीनारायण शाहको शासनकालसम्म यसले राष्ट्रिय संवत्को मान्यता पाएको थियो। लिच्छविकालीन राजा राघवदेवको शासनकालमा सुरु भएको यो संवत् नेपालकै नामबाट नामकरण गरिएको एकमात्र मौलिक संवत् हो।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)