जलवायु असरबाट पर्वतीय क्षेत्र जोगाउन अनुकूलन वित्तको पहुँच बढाउनुपर्छ: परराष्ट्रमन्त्री खनाल
hamrakura.com · Tue Nov 10 00:00:00 UTC 2026

काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका गम्भीर असरहरूबाट पर्वतीय क्षेत्रलाई जोगाउन अनुकूलन वित्तको परिचालन र सहज पहुँच विस्तार गर्नुपर्नेमा जोड दिएका छन्।
टर्किएको अन्ताल्यामा सुरु भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) का अवसरमा आयोजित ‘अनुकूलन वित्तमार्फत पर्वतीय क्षेत्रको उत्थानशीलता सुदृढीकरण’ विषयक उच्चस्तरीय कार्यक्रमलाई सम्बोधन गर्दै उनले उक्त विचार व्यक्त गरेका हुन्। नेपाल, भुटान र किर्गिस्तानले अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) तथा जोई इन्भारोन्मेन्ट नेटवर्कसँगको सहकार्यमा सो कार्यक्रमको आयोजना गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)