मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

तिहार : आज गोवर्द्धन, गोरु र हलिको पूजा गरिँदै

annapurnapost.com · Tue Nov 10 00:54:38 UTC 2026

काठमाडौं : कार्तिक शुक्ल प्रतिपदा अर्थात् यमपञ्चकको पाँचौँ दिन आज घरघरमा गोवर्द्धन, बली, गोरु र र कृषकको पूजा आजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ।

बिहानै आँगन लिपपोत गरी गाईको गोबरबाट गोवर्द्धन पर्वतको आकृति बनाई पूजा गर्ने परम्परा छ। द्वापरयुगमा भगवान् श्रीकृष्णले आफ्नो हत्केलाले गोवर्द्धन पर्वत उचालेर गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवर्द्धन पूजा गर्ने प्रचलन रहेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार कार्तिक शुक्ल प्रतिपदाका दिन सूर्योदय भएका बेला गोवर्द्धन पूजा गर्नुपर्ने धार्मिक विधि रहेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)