बाँसका सामग्री बनाउने पेसामा सबै समुदायको आकर्षण
barnanmedia.com · Tue Nov 10 01:02:12 UTC 2026

तराई–मधेसमा परम्परागत रूपमा डोम समुदायसँग जोडिएको बाँसका सामग्री बनाउने पेसामा पछिल्लो समय अन्य समुदायका मानिससमेत आकर्षित हुन थालेका छन् । घरमै बसेर सीप र श्रमको उपयोग गरी आम्दानी गर्न सकिने भएपछि धनुषाको धनौजी गाउँपालिका–३ स्थित कटैयागाउँका विभित्र जातजाति र समुदायका मानिस यस पेसामा आबद्ध भएका हुन् ।
तराई–मधेसका गाउँबस्तीमा बाँसबाट बनेका ढक्की, डालो, नाङ्लो, सुप्पालगायत सामग्रीको प्रयोग परापूर्वकालदेखि हुँदै आएको छ । घरायसी कामकाजदेखि धार्मिक तथा सांस्कृतिक गतिविधिसम्म प्रयोग हुने यस्ता सामग्री विशेषगरी छठ, विवाह र व्रतबन्धजस्ता पर्व तथा संस्कारमा आवश्यक मानिन्छन् । परम्परागत रूपमा यी सामग्री बनाउने काम डोम समुदायको पेसाका रूपमा परिचित छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)