आज कस्तो रहला देशभरको मौसम ?
ajakoartha.com · Tue Nov 10 00:59:00 UTC 2026

काठमाडौँ- पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली हुने भएको छ । हिमाली भूभागका एक(दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना पनि रहेको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको हिमाली भूभागमा आंशिक बादल लागेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । लुम्बिनी प्रदेशको हिमाली भूभागका एक(दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)