आज गोरु तिहार: बली, हलि र गोरुको पूजा गरिँदै
kendrabindu.com · Tue Nov 10 01:17:59 UTC 2026

काठमाडौं । कार्तिक शुक्ल प्रतिपदा अर्थात् यमपञ्चकको पाँचौँ दिन आज गोवर्द्धन, बली, गोरु र हलिको पूजा गरिँदैछ। हलि र गोरुलाई आज गरी मीठा परिकार खान दिएर हलि तिहार पर्व मनाइँदैछ।
आँगनमा लिपपोत गरी गाईको गोबरबाट पर्वत बनाई त्यसलाई गोवर्द्धन पर्वतका रूपमा पूजा गर्ने परम्परा छ । द्वापरयुगमा भगवान् श्रीकृष्णले आफ्नो हत्केलाले गोवर्द्धन पर्वत उचालेर गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवर्द्धन पूजा गर्ने प्रचलन रहेको धर्मशास्त्रविद् प्रा. तोयराज नेपालले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)