चितवनमाथि विजय हात पार्दै काठमान्डु शीर्षमा
kendrabindu.com · Tue Nov 10 01:31:49 UTC 2026
काठमाडौं । काठमान्डु गोर्खाज लगातार चौथो खेल जित्दै नेपाल प्रिमियर लिग क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ । काठमान्डुले सोमबारको दोस्रो खेलमा चितवन राइनोजलाई १० रनले पराजित गर्यो ।
पहिलो खेलमा जनकपुर बोल्ट्ससँग पराजित भएयता काठमान्डुले लगातार खेल जित्दै आएको छ र यस जितले टोलीको प्लेअफमा स्थान लगभग पक्का गरेको छ । काठमान्डुको ५ खेलमा ८ अंक पुगेको छ । टोलीले लुम्बिनी लायन्सलाई १ अंकले पछाडि पारेको हो । चितवन ५ खेलमा ५ अंकसहित चौथो स्थानमा छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)