मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर, अमेरिकी डलर १५० रुपैयाँ नजिक

aarthiknews.com

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको नयाँ विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ९९ पैसा र बिक्रीदर १५० रुपैयाँ ५९ पैसा कायम भएको छ।

त्यस्तै, युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ ८९ पैसा र बिक्रीदर १६८ रुपैयाँ ५६ पैसा निर्धारण गरिएको छ। बेलायती पाउन्ड स्टर्लिङ एकको खरिददर २०१ रुपैयाँ २६ पैसा र बिक्रीदर २०२ रुपैयाँ ७ पैसा रहेको छ। स्वीस फ्र्याङ्क एकको खरिददर १८३ रुपैयाँ ३५ पैसा र बिक्रीदर १८४ रुपैयाँ ८ पैसा तोकिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)