घोप्टेभीरको पहिरो हटाएर पृथ्वी राजमार्ग सञ्चालनमा ल्याउने तयारी
nepalviews.com · Tue Nov 10 01:39:56 UTC 2026

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिङ सडकखण्डको घोप्टेभीरमा गएको पहिरो पन्छाएर अवरुद्ध सडक खुलाउने प्रयास तीव्र पारिएको छ। सोमबार राति ११ बजेतिर खसेको ठूलो सुक्खा पहिरोका कारण मङ्गलबार बिहान ७ बजेसम्म पनि यातायात पूर्ण रूपमा ठप्प बनेको छ। चाडपर्वको समयमा यसरी अचानक सडक अवरुद्ध हुँदा यात्रामा निस्किएका यात्रुहरू बीचबाटोमै अलपत्र परेका छन् भने राजमार्गमा सवारीसाधनको लामो लाम लागेको छ।
नागढुंगा–मुग्लिङ सडक योजना (पश्चिम खण्ड) का अनुसार पहिरो पन्छाउने कार्य अहिले अन्तिम चरणमा पुगेको छ र अबको केही समयभित्रै दुवैतर्फको सवारी आवागमन सुचारु हुनेछ। यसअघि सोमबार पनि सोही स्थानमा पहिरो खस्दा राजमार्ग अवरुद्ध बनेको थियो । जसले गर्दा यस खण्डमा यात्रा गर्ने यात्रुहरूले बारम्बार सास्ती ब्यहोर्नुपरिरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)