मकै र भटमासको मूल्य बढेपछि कुखुराको दानासहित दूध, अण्डा र मासुको लागत बढ्यो
lokaantar.com · Tue Nov 10 01:36:13 UTC 2026

विदेशबाट आयात हुने मकै र भटमासको मूल्य बढेपछि पशुपन्छीको दानाको लागत मूल्यमा करिब १५ प्रतिशत वृद्धि भएको छ । दानाको मूल्य बढेसँगै अण्डा, मासु, दूध तथा माछाको उत्पादन लागतसमेत बढ्ने भएको छ । यसको प्रत्यक्ष असर उपभोक्ताको भान्सासम्म पुग्ने देखिएको छ ।
नेपाल दाना उद्योग सङ्घका केन्द्रीय अध्यक्ष उमेश सापकोटाका अनुसार १५ दिनअघिसम्म भारतबाट आउने मकै प्रतिकिलो ३९ रुपैयाँ र नेपाली मकै ३६ रुपैयाँमा खरिद हुने गरेको थियो । अहिले भारतीय मकैको मूल्य प्रतिकिलो ५४ रुपैयाँ र नेपाली मकैको मूल्य ५० रुपैयाँभन्दा माथि पुगेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)