काठमाडौं गोर्खाजको चौथो जित, प्लेअफ नजिक पुग्दा चितवन १० रनले पराजित
kalakarmi.com · Tue Nov 10 01:19:25 UTC 2026
काठमाडौं- राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा काठमाडौं गोर्खाजले लगातार उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिँदै चितवन राइनोजलाई १० रनले पराजित गरेको छ । सोमवार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा चितवनलाई हराएसँगै काठमाडौं प्लेअफ प्रवेशको सम्भावना थप बलियो बनाएको छ ।
प्रतियोगितामा पाँच खेल खेलेको काठमाडौंको यो चौथो जित हो । चार जितसँगै ८ अंक जोडेको काठमाडौं अंकतालिकाको शीर्ष स्थानमा उक्लिँदै प्लेअफको नजिक पुगेको छ । पाँच खेल खेलेको चितवन भने दुई जित र अन्य नतिजासहित ५ अंक जोडेर चौथो स्थानमा यथावत् रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)