ट्रम्पको संकेतपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भारी गिरावट
lokaantar.com · Tue Nov 10 01:45:56 UTC 2026

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि फेरि नयाँ सैन्य आक्रमण गर्ने सम्भावना कम रहेको संकेत दिएसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भारी गिरावट आएको छ। सोमबारको कारोबार बन्द भएपछि पनि ट्रेडिङमा ब्रेल क्रुडको मूल्य प्रति ब्यारेल ७ डलरभन्दा बढीले घटेर अगस्टको अन्त्यपछिकै सबैभन्दा तल्लो बिन्दुमा पुगेको हो ।
सोमबार ब्रेट क्रुड फ्युचर्स ५.८५ प्रतिशत अर्थात ५.७५ डलरले घटेर प्रति ब्यारेल ९२.५७ डलरमा बन्द भएको थियो। तर बजार बन्द भएपश्चातको कारोबारमा मूल्य थप घट्दै ७ डलरभन्दा बढीले ओरालो लाग्यो। यसैगरी, अमेरिकी वेस्ट टेक्सास इन्टरमिडिएट फ्युचर्सको मूल्य ४.३८ प्रतिशतले घटेर ८६.८५ डलरमा सीमित भएको छ । यो पनि थप ५ डलरभन्दा बढीले घटेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)