प्लेअफमा स्थान सुरक्षित गर्न जनकपुरलाई जित्नैपर्ने दबाब, आज सुदूरपश्चिमसँग भिड्दै
aarthiknews.com
काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल साँझ ५ बजे सुरु हुनेछ।
प्लेअफमा पुग्ने शीर्ष चार टोलीभित्र स्थान सुरक्षित गर्न दुवै टोलीका लागि आजको खेल महत्वपूर्ण छ। पाँच खेल खेलेको सुदूरपश्चिम ६ अंकसहित अंकतालिकाको तेस्रो स्थानमा छ भने समान खेल खेलेको जनकपुर चार अंकसहित पाँचौँ स्थानमा छ। त्यसैले जनकपुरलाई शीर्ष चारको दौडमा कायम रहन जित आवश्यक छ। सुदूरपश्चिम भने जितसँगै आफ्नो स्थान थप बलियो बनाउन चाहन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)