मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

झिनिया आम्दानीको स्रोत

barnanmedia.com · Tue Nov 10 02:01:39 UTC 2026

बेनी नगरपालिका–७ मङ्गलाघाटकी कल्पना श्रेष्ठ केही दिनयता झिनिया उत्पादनमा व्यस्त हुनुहुन्छ । उहाँले एक जना श्रमिक राखेर झिनिया बनाउँदै आउनुभएको छ । छोराछोरी विदेशमा रहेकाले आफू र श्रीमान् मिलेर चाडपर्वका बेला झिनिया उत्पादन गर्ने गरेको उहाँले बताउनुभयो ।

“दसैँ तिहारमा करिब रु तीनदेखि रु चार लाखसम्मका झिनिया बिक्री हुन्छ,” उहाँले भन्नुभयो, “तिहारमा माग धेरै आउने भएकाले एक जना श्रमिक राखेर उत्पादन गरिरहेका छौँ । उत्पादित झिनिया बेनी बजार, म्याग्दीका ग्रामीण भेग, पर्वत, बागलुङ र पोखरासम्म बिक्री हुने गरेको छ ।”

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)