मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

घोप्टेभीरको पहिरो हटाइयो, सडक दुईतर्फी सञ्चालनमा

ratopati.com · Tue Nov 10 02:01:59 UTC 2026

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिङ सडकखण्डको घोप्टेभीरमा खसेको पहिरो हटाएपछि सडक दुईतर्फी सञ्चालनमा आएको छ ।

सोमबार राति ११ बजे खसेको ठूलो सुक्खा पहिरोका कारण मंगलबार बिहानसम्म सडक अवरुद्ध भएको थियो । पहिरोका कारण तिहार मनाउन घर जाने तथा फर्किने यात्रु अलपत्र परेका थिए भने सडकमा सवारीसाधनको लामो जाम लागेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)