मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रधानमन्त्रीद्वारा नेपाल सम्वत्को शुभकामनाः मौलिक समयचक्र र पहिचान, आत्मशुद्धि र चेतनाबोधको पर्व

nepalpress.com · Tue Nov 10 01:56:25 UTC 2026

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल संवत् ११४७ (न्हूदँया भिन्तुना) तथा म्हः पूजाको शुभकामना दिँदै राष्ट्रिय विभूति शङ्खधर साख्वाःले देशभरका जनतालाई ऋणमुक्त पारेर सुरु गरेको नेपाल संवत् चन्द्रमामा आधारित मौलिक समयचक्र र पहिचान भएको बताएका छन् ।

उनले सामाजिक सञ्जालमा लेख्दै आजैका दिन नेवार समुदायमा हर्षोल्लासपूर्वक मनाइने ‘म्ह पूजा’ को मर्म अति गहिरो रहेको बताएका छन् । ‘म्हः अर्थात् आफ्नै देह र शरीरभित्रको चेतनालाई साक्षी राखेर, अष्टचिरञ्जीवीको प्रतीक मण्डपमा आफैँले आफैँलाई पूजा गर्ने परम्पराले आत्मशुद्धि र चेतनाको बोध गराउँछ,’ उनले भनेका छन्, ‘यो मौलिक परम्पराले नेवार समुदायभित्र आपसी सद्भाव, आत्मबल र पुर्ख्यौली संस्कृतिको जगेर्ना गर्दै जातीय एकतालाई अझ प्रगाढ बनाउने गरेको छ, जुन हाम्रा लागि गौरवको विषय हो।’

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)