मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इरान युद्ध लगभग अन्त्य भएको ट्रम्पको घोषणा

lokaantar.com · Tue Nov 10 02:18:13 UTC 2026

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध लगभग समाप्त भइसकेको घोषणा गरेका छन्। कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान बिन जासिम अल थानीसँगको भेटघाटपछि ह्वाइट हाउसको ब्रिफिंग रुममा पुगेर पत्रकारसँग कुराकानी गर्दै राष्ट्रपति ट्रम्पले इरान युद्ध लगभग समाप्त भइसकेको घोषणा गरेका हुन् ।

इरानको नेतृत्व व्यवस्थालाई नष्ट गरिएको उनले दाबी गरे । 'सैन्य हिसाबले इरानको मामिला लगभग समाप्त भइसकेको छ। इरानको नेतृत्व व्यवस्थालाई नष्ट गरिएको छ,' समाचार संस्था एपीका अनुसार उनले भने, 'यद्यपि, अमेरिका अझै पनि यो कुरा सुनिश्चित गर्न चाहन्छ कि इरानको परमाणु कार्यक्रम दीर्घकालीन रूपमा निष्प्रभावी रहोस्।'

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)