म्याग्दीको झिनिया पर्वत, बागलुङ र पोखरासम्म, विदेशबाट पनि हुन्छ माग
onlinekhabar.com · Tue Nov 10 02:21:04 UTC 2026

२४ कात्तिक, म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–७ मङ्गलाघाटकी कल्पना श्रेष्ठ केही दिनयता झिनिया उत्पादनमा व्यस्त छन् । उनले एक जना श्रमिक राखेर झिनिया बनाउँदै आएकी छिन् । छोराछोरी विदेशमा रहेकाले आफू र श्रीमान् मिलेर चाडपर्वका बेला झिनिया उत्पादन गर्ने गरेको उनले बताइन् ।
‘दशैँ तिहारमा करिब तीनदेखि चार लाखसम्मका झिनिया बिक्री हुन्छ,’ उनले भनिन्, ‘तिहारमा माग धेरै आउने भएकाले एक जना श्रमिक राखेर उत्पादन गरिरहेका छौँ । उत्पादित झिनिया बेनी बजार, म्याग्दीका ग्रामीण भेग, पर्वत, बागलुङ र पोखरासम्म बिक्री हुने गरेको छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)