मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इरानसँगको अमेरिकी युद्ध चर्काउन चाहन्नन् कतार, साउदी र कुवेतसहितका खाडी मुलुकहरू

barnanmedia.com · Tue Nov 10 02:26:13 UTC 2026

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि तत्काल थप सैन्य आक्रमण नगर्ने संकेत दिएका छन् । कतार, साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स (यूएई), बहराइन र कुवेतलगायत खाडी क्षेत्रका देशहरूले युद्ध थप चर्काउन नचाहेको भन्दै आग्रह गरेपछि आफूले नयाँ आक्रमण रोक्ने निर्णय गरेको ट्रम्पले बताएका हुन् ।

सोमबार रोयटर्ससँगको अन्तर्वार्ता तथा ह्वाइट हाउसमा पत्रकारहरूसँगको कुराकानीमा ट्रम्पले तत्कालका लागि इरानमाथि थप सैन्य कारबाही नगर्ने कुरा दोहोर्‍याएका हुन् । यद्यपि, इरानका बन्दरगाह र समुद्री गतिविधिलाई लक्षित गर्दै स्ट्रेट अफ होर्मुजमा लगाइएको अमेरिकी नौसैनिक नाकाबन्दी भने जारी रहने उनले स्पष्ट पारे ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)