मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

टाइमको सय प्रभावशाली नेताहरूको सूचीमा अर्थमन्त्री वाग्ले

hamrakura.com · Tue Nov 10 00:00:00 UTC 2026

काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्ले सन् २०२६ का विश्वका १०० प्रभावशाली जलवायु नेताहरूको सूचीमा परेका छन्। अमेरिकी प्रसिद्ध पत्रिका ‘टाइम’ले सार्वजनिक गरेको ‘टाइम १०० क्लाइमेट’ सूचीमा वाग्ले समेटिएका हुन्।

नेपालमा जलवायु परिवर्तनका कारण उत्पन्न जोखिम र त्यसबाट भएको क्षतिबारे अन्तर्राष्ट्रियस्तरमा आवाज उठाउँदै आएका वाग्लेले जलवायु न्यायको पक्षमा गरेको सशक्त पैरवीका कारण सूचीमा स्थान पाएको टाइमले जनाएको छ। गत अगस्टमा नेपालमा आएको विनाशकारी बाढीपछि वाग्लेले जलवायु परिवर्तनमा न्यून योगदान भए पनि नेपालजस्ता विकासशील मुलुकले ठूलो क्षति व्यहोर्नुपरेको विषय अन्तर्राष्ट्रिय मञ्चहरूमा जोडदार रूपमा उठाएका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)