मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एनपीएल क्रिकेट : आज सुदूरपश्चिम र जनकपुर भिड्दै

arthasansar.com · Tue Nov 10 02:49:38 UTC 2026

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजन अन्तर्गत आज (मंगलबार) एक खेल हुँदैछ । त्रिवि क्रिकेट मैदानमा मंगलबार साँझ ५ बजेबाट हुने खेलमा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुँदैछ ।

सुदूरपश्चिमले एनपीएलको यो सिजनमा अहिलेसम्म ५ खेल खेलेको छ भने अंकतालिकामा ६ अंक जोडेको छ । तेस्रो स्थानमा रहेको सुदूरपश्चिमले अहिलेसम्म ३ वटा खेल जितेको छ भने २ वटामा हार व्यहोरेको छ । आजको जितले सुदूरपश्चिमका लागि प्लेअफमा पुग्न सहज बनाउनेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)