घोप्टेभीरको पहिरो पन्छाइयो, मलेखु–मुग्लिङ सडकखण्ड पुनः सञ्चालनमा
nepalviews.com · Tue Nov 10 02:59:59 UTC 2026

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिङ सडकखण्डको घोप्टेभीरमा गएराति खसेको सुक्खा पहिरो पन्छाइएपछि अवरुद्ध सडक पुनः सञ्चालनमा आएको छ।
जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख एसपी सुमित खड्काका अनुसार गएराति ११ बजेतिर एक्कासि सुक्खा पहिरो खस्दा राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको थियो । यातायात अवरुद्ध हुँदा चाडपर्वका बेला यात्रा गरिरहेका यात्रुहरू बीचबाटोमै अलपत्र परेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)