जलवायु मुद्दामा संसारका सय प्रभावशाली व्यक्तिको सूचीमा अर्थमन्त्री वाग्ले
kendrabindu.com · Tue Nov 10 03:20:44 UTC 2026

काठमाडौं । जलवायु परिवर्तनको मुद्दा बोल्ने संसारका सय प्रभावशाली व्यक्तिमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले पनि परेका छन्। प्रख्यात टाइम म्यागजिनले यस वर्ष प्रभावशाली व्यक्तिमा डा. वाग्लेलाई पनि छानेको हो। गत २८ वर्षदेखि दिगो आर्थिक विकासको क्षेत्रमा अध्ययता, नीति निर्माता र निर्वाचित राजनीतिज्ञ डा. वाग्लेले भोटेकोसी बाढीपश्चात् गरेको तीन वटा कार्यलाई छनोटको आधार मानिएको छ।
पहिलो, जलवायु न्यायका लागि विश्व मञ्चहरूमा डा. वाग्लेले गरेको पैरवीलाई लिइएको छ। दोस्रो, जलवायु वित्तका लागि पहल र स्रोत व्यवस्थापन गर्न अर्थमन्त्री डा. वाग्लेले गरेको कार्यलाई टाइमले छनोटको आधार मानेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)