मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मेचीनगरमा शङ्खधर साख्वाको शालिक निर्माण

ratopati.com · Tue Nov 10 03:23:46 UTC 2026

झापा । मेचीनगर नगरपालिका–१० धुलाबारीमा राष्ट्रिय विभूति एवं नेपाल संवत्का प्रवर्तक शङ्खधर साख्वाको शालिक निर्माण भएको छ ।

भक्तपुरको प्राचीन कला शैलीमा बनेको उक्त शालिक निर्माणमा रु २० लाख खर्च भएको शालिक निर्माण समितिका अध्यक्ष दिनेश शाक्यले जानकारी दिए। राष्ट्रिय विभूति शङ्खधरको मेचीनगरमा बनेको यो पहिलो शालिक हो । मेचीनगर नगरपालिकाले शालिक निर्माणका लागि रु पाँच लाख बजेट उपलब्ध गराएको र अरु रकम जनसहयोगबाट जुटाइएको उनले बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)