मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

कालिमाटी बजारमा सिताके च्याउ प्रतिकिलो एक हजार, पार्सले २८ सय रुपैयाँ

bishowkhabar.com · Tue Nov 10 03:56:42 UTC 2026

काठमाडौं – कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न फलफूल, तरकारी, सागपात तथा अन्य खाद्यवस्तुको थोक मूल्य सार्वजनिक गरेको छ । समितिको दैनिक मूल्यसूचीअनुसार ११६ प्रकारका वस्तुको न्यूनतम, अधिकतम र औसत मूल्य निर्धारण गरिएको छ । आजको मूल्यसूचीअनुसार तरकारीतर्फ सिताके च्याउ सबैभन्दा महँगो देखिएको छ। यसको प्रतिकिलो मूल्य न्यूनतम ८०० देखि अधिकतम एक हजार रुपैयाँसम्म कायम गरिएको छ। त्यस्तै, कुरिलोको मूल्य प्रतिकिलो ७०० देखि ८०० रुपैयाँ रहेको छ। सजिवन प्रतिकिलो २०० देखि २५० रुपैयाँ, रातो बन्दाकोबी १३० देखि १५० रुपैयाँ तथा गान्टे मूलाको मूल्य १०० देखि १२० रुपैयाँ तोकिएको छ ।

गोलभेडा ठूलो (नेपाली) प्रतिकिलो ६० देखि ७० रुपैयाँ, गोलभेडा सानो ९लोकल० २० देखि ३० रुपैयाँ र सानो गोलभेडा (टनेल) ४० देखि ६० रुपैयाँ कायम भएको छ। रातो आलु प्रतिकिलो ५५ देखि ६० रुपैयाँ तथा सेतो आलु २५ देखि ३२ रुपैयाँमा कारोबार हुने सूचीमा उल्लेख छ। गाजर (लोकल) प्रतिकिलो ८० देखि ९० रुपैयाँ र तराईको गाजर ५० देखि ६० रुपैयाँ रहेको छ । त्यस्तै, स्थानीय काउली प्रतिकिलो ३० देखि ४० रुपैयाँ, तराईको काउली २० देखि ३० रुपैयाँ, बन्दा २५ देखि ३० रुपैयाँ र मूला २० देखि ३० रुपैयाँ कायम भएको छ। मटरकोशा प्रतिकिलो १०० देखि १३० रुपैयाँ, घिउ सिमी ९लोकल० ५० देखि ६० रुपैयाँ, घिउ सिमी ९राजमा० १२० देखि १४० रुपैयाँ तथा तितो करेला ७० देखि ८० रुपैयाँमा बिक्री हुने मूल्यसूचीमा उल्लेख छ । भिण्डीको मूल्य प्रतिकिलो ७० देखि ८० रुपैयाँ र सखरखण्ड ८० देखि ९० रुपैयाँ रहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)