मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

धनकुटामा कौडा खेलिरहेको अवस्थामा ७ जना पक्राउ

barnanmedia.com · Tue Nov 10 03:52:58 UTC 2026

धनकुटाको पाख्रीबास नगरपालिका वडा नं. ९ लिसिम्बुमा कौडा खेलिरहेको अवस्थामा सात जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार गत राति अर्थात् सोमबार राति स्थानीय विष्णु घिसिङको घरमा जुवा खेलिरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो । प्रहरी टोलीले जुवा खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको हो । प्रहरीले जुवाको खालबाट ठूलो कौडा १४ वटा र सानो कौडा १६ वटा बरामद गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)