डडेल्धुराका युवा पुष्पखेतीतर्फ आकर्षित, कम लगानीबाट राम्रो आम्दानी
ratopati.com · Tue Nov 10 04:16:15 UTC 2026

डडेल्धुरा । जिल्लाका युवा व्यावसायिक पुष्पखेतीतर्फ आकर्षित हुन थालेका छन् । कम लगानीबाट राम्रो आम्दानी गर्न सकिने भएपछि जिल्लाका आधा दर्जनभन्दा बढी युवा पुष्प व्यवसायमा संलग्न भएका हुन् । पुष्पखेतीले स्वरोजगार सिर्जना गर्नुका साथै स्थानीय उत्पादनको प्रवर्द्धनमा समेत योगदान पुर्याएको छ ।
जिल्लाको अजयमेरु गाउँपालिका–५ झिगनीका ३४ वर्षीय टेकराज पाठकले चार वर्षअघि पुष्प व्यवसाय सुरु गरेका हुन् । कृषि प्राविधिक शिक्षा अध्ययन गरेका उनले परम्परागत खेतीभन्दा फरक व्यवसाय गर्ने सोचका साथ सयपत्री फूलखेती थालेका थिए । सुरुका दिनमा गाउँबाट सदरमुकामसम्म डोकोमा फूल बोकेर बिक्री गर्नुपर्ने अवस्था रहे पनि अहिले घरमै फूल खरिद गर्न ग्राहक आउने गरेको पाठक बताउँछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)