इरानसँगको युद्ध सैन्य रूपमा समाप्त भएको ट्रम्पको दाबी
hamrakura.com · Tue Nov 10 00:00:00 UTC 2026

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सैन्य मुठभेड मुख्य रूपमा समाप्त भएको दाबी गर्दै तत्काल थप आक्रमण गर्ने योजना नरहेको बताएका छन्।
कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान बिन जसिम अल थानीसँग ह्वाइट हाउसमा भएको भेटवार्तापछि आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले इरानको सैन्य पूर्वाधार, जलसेना र हवाइ प्रतिरक्षा क्षमतालाई व्यापक रूपमा क्षति पुर्याइएको दाबी गरे। इरानको आणविक कार्यक्रम नियन्त्रण र सुरक्षा सुनिश्चितताका लागि क्षेत्रीय सहयोगी राष्ट्रहरू कतार, साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स (यूएई), बहराइन र कुवेतसँग समन्वय भइरहेको र उनीहरू पनि युद्ध अन्त्यको पक्षमा रहेको उनले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)