सोनी पाख्रिनको कप्तानीमा यू–१९ महिला क्रिकेट टोली घोषणा
nagariknews.nagariknetwork.com · Tue Nov 10 03:21:45 UTC 2026
नेपाल क्रिकेट संघ (क्यान) ले भारतसँग खेल्ने नेपाल यू–१९ महिला क्रिकेट टोली घोषणा गरेको छ। आगामी नोभेम्बर १२ देखि २२ सम्म भारतको बेंगलुरुमा सञ्चालन हुने नेपाल–भारत यू–१९ महिला टी–२० शृंखलाका लागि क्यानले सोनी पाख्रिनको कप्तानीमा १५ सदस्यीय टोली सार्वजनिक गरेको हो।
घोषित टोलीमा रचना कुमारी चौधरी, रिया शर्मा, प्रिन्सा राना मगर, टिका साह, अन्जिला पाठक, साक्षी यादव, सावित्री धामी, मनीषा चौधरी, आशिका कुमारी महरा, आस्रा चौधरी, प्रथा श्रेष्ठ, ज्योत्स्निका मरासिनी, पूर्णिमा राजवंशी र तिर्सना विश्वकर्मा रहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)