मकै र भटमासको मूल्य वृद्धि हुँदा बढ्यो पशुपन्छीजन्य उत्पादनको लागत
corporatenepal.com · Tue Nov 10 04:32:19 UTC 2026

चितवन । विदेशबाट आयात हुने मकै र भटमासको मूल्य आकासिएपछि दानाको लागत मूल्य बढेको छ । यससँगै पशुपन्छीजन्य उत्पादनको खर्च बढ्ने भएको छ । यसबाट प्रत्यक्ष रूपमा उपभोक्ता प्रभावित हुने भएका छन् ।
नेपाल दाना उद्योग संघका केन्द्रीय अध्यक्ष उमेश सापकोटाका अनुसार १५ दिनअघिसम्म भारतबाट आउने मकै प्रतिकिलो रु ३९ र नेपाली मकै रु ३६ मा खरिद हुने गरेको थियो । अहिले भारतीय मकैको मूल्य प्रतिकिलो रु ५४ र नेपाली मकैको मूल्य रु ५० भन्दा माथि पुगेको छ । यस्तै, अमेरिका र बङ्गलादेशबाट आउने भटमासको पिनाको मूल्य प्रतिकिलो रु ८७–८८ बाट बढेर रु ९५–९६ पुगेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)