अमेरिकी रक्षामन्त्री हेग्सेथविरुद्ध महाभियोग प्रस्तावको तयारी
hamrakura.com · Tue Nov 10 00:00:00 UTC 2026

काठमाडौँ। अमेरिकी तल्लो सदन (हाउस अफ रिप्रिजेन्टेटिभ्स) मा सत्तारुढ रिपब्लिकन पार्टीका सांसद थोमस मासीले रक्षामन्त्री पिट हेग्सेथविरुद्ध औपचारिक रूपमा महाभियोग प्रस्ताव दर्ता गराउँदै यसै साता मतदान गराउने तयारी गरेका छन्।
मासीले हेग्सेथमाथि कङ्ग्रेसको (संसद्) पूर्वस्वीकृतिविना इरानमा ९० दिनभन्दा बढी समयसम्म युद्ध तथा सैन्य कारबाही सञ्चालन गरेर संविधान र युद्द शक्ति ऐनको गम्भीर उल्लङ्घन गरेको आरोप लगाएका छन्। हेग्सेथविरुद्ध शक्तिको दुरुपयोग र गैरकानुनी सैन्य कारबाहीसहित आठवटा महाभियोगका बुँदाहरू छन्।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)