वीरगन्ज नाकाबाट ३० अर्ब ६२ करोड रुपैयाँको भटमासको तेलको निर्यात, अन्य कति भए निकासी ?
kendrabindu.com · Tue Nov 10 04:59:37 UTC 2026

काठमाडौं । वीरगन्ज नाकाबाट हुने निर्यात व्यापारमा चालु आर्थिक वर्षको पहिलो तीन महिनामा वस्तुअनुसार फरक प्रवृत्ति देखिएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा प्रशोधित भटमासको तेल, फलफूलको जुस तथा फलाम र फलामबाट बनेका सामग्रीको निर्यात बढेको छ । तर प्रशोधित पाम तेल र अन्य खाद्य तेलको निकासी भने घटेको छ ।
वीरगन्ज भन्सार कार्यालयको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८२/८३ को साउनदेखि असोजसम्मको अवधिमा निर्यातका प्रमुख पाँच वस्तुमध्ये तीन वस्तुको निकासी बढेको हो । दुई प्रमुख वस्तुको निकासी घटेको छ । यसले वीरगन्ज नाकाबाट हुने निर्यात व्यापारमा खाद्यतेलको वर्चस्व कायमै रहे पनि वस्तुअनुसार बजारको माग र निर्यातको अवस्था फरक रहेको देखाउँछ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)