भोटेकोशी बाढीको पुनर्निर्माण गर्न बागमतीको ६ अर्ब बजेट कटौती
ratopati.com · Tue Nov 10 05:07:22 UTC 2026

हेटौँडा । बागमती प्रदेश सरकारले भोटेकोशीको विनाशकारी बाढीबाट पुगेको क्षतिको पुनर्निर्माण गर्न ६ अर्ब रुपैयाँ बजेट कटौती गरेको छ । रसुवा, नुवाकोट तथा धादिङ क्षेत्रमा भएको क्षतिको पुनर्निर्माण तथा विपद् व्यवस्थापनका लागि विभिन्न मन्त्रालयको चालु आर्थिक वर्षको बजेटबाट करिब ६ अर्ब रुपैयाँ कटौती गरेको हो ।
गत भदौ १० मा आएको विनाशकारी बाढीका कारण भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले बागमतीका तीन जिल्ला बढी प्रभावित भएका थिए । प्रदेश सरकारले बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि गत असोज २२ गते बसेको मन्त्रिपरिषद् बैठकले बजेट कटौती गर्ने निर्णय गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)