नेपालमा कार–टी उपचारको नयाँ अध्याय: सफल सुरुवात, सुरक्षित र प्रभावकारी भविष्यका लागि उत्पादन तथा क्लिनिकल टिमको भूमिका
swasthyakhabar.com · Tue Nov 10 05:19:00 UTC 2026

क्यान्सरको उपचारका लागि बिरामीकै रगतबाट केही प्रतिरक्षा कोष निकालेर तिनलाई क्यान्सर पहिचान गर्न सक्षम बनाइन्छ र पुनः त्यही बिरामीको शरीरमा प्रविष्ट गराइन्छ। कार–टी उपचारको मूल अवधारणा यही हो। सन् २०२६ मा नेपालमै तयार गरेको सीडी१९ लक्षित कार–टी उपचार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा एक्युट लिम्फोब्लास्टिक ल्युकेमिया भएका एक बिरामीलाई दिइयो। यस उपलब्धिले नेपालमै यस्तो अत्याधुनिक उपचार प्रविधि विकास गरी बिरामीसम्म पुर्याउन सम्भव छ भन्ने महत्त्वपूर्ण आधार प्रस्तुत गरेको छ।
नेपालमा यो प्रविधि स्थापित गर्ने क्रममा प्रविधि हस्तान्तरण, स्थानीय टोलीको क्षमता विकास तथा तालिम, अन्तर्राष्ट्रिय अनुदान प्राप्ति, र गुणस्तर परीक्षणको आधार निर्माणसम्बन्धी यस परियोजनाको नेतृत्व गर्नु मेरा लागि विशेष सन्तोष र जिम्मेवारीको विषय रह्यो। गुणस्तर परीक्षणमा योगदान पुर्याउने सहकर्मीहरू तथा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको चिकित्सकीय टोलीबीचको साझा प्रयास, विशेषज्ञता र सहकार्य यस उपलब्धिका लागि महत्त्वपूर्ण रहे।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)