तिहारको जीवनदर्शन : प्रकृतिको सम्मानदेखि समृद्धिको सन्तुलित खोजसम्म
hamrakura.com · Tue Nov 10 00:00:00 UTC 2026

तिहार नेपाली समाजको एउटा प्रमुख सांस्कृतिक पर्व हो । यसलाई सामान्यतः उज्यालो, उत्सव, फूलमाला, दीपावली र पारिवारिक मिलनको पर्वका रूपमा बुझ्ने गरिन्छ। तर तिहारको अर्थ यतिमै सीमित छैन। यसका विभिन्न दिनमा गरिने काग, कुकुर, गाई, गोरु र लक्ष्मीपूजाभित्र मानिस, पशुपन्छी, प्रकृति, श्रम, अर्थतन्त्र र समृद्धिबीचको गहिरो सम्बन्ध लुकेको छ।
यी पूजा परम्परालाई केवल धार्मिक आस्थाको विषय मानेर हेर्दा तिनको व्यापक जीवनदर्शन ओझेलमा पर्न सक्छ । वास्तवमा तिहारले मानिसलाई आफूभन्दा बाहिरको संसारसँगको सम्बन्ध बुझ्न, त्यसप्रति कृतज्ञ हुन र सहअस्तित्वको नैतिकता अभ्यास गर्न प्रेरित गर्छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)