तस्बिरमा हेर्नुहोस् नेवार समुदायको म्हः पूजा
khabarhub.com · Tue Nov 10 05:24:29 UTC 2026

काठमाडौं – नेपाल संवत् ११४७ आज देशभर विभिन्न सांस्कृतिक कार्यक्रम, र्याली तथा शुभकामना आदानप्रदान गरी मनाइँदैछ। नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने नेपाल संवत्को पहिलो दिन आज म्हः पूजा पनि गरिँदैछ।
नेपाल संवत्को अवसरमा काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थान तथा विदेशमा रहेका नेवार समुदायले विशेष कार्यक्रम आयोजना गरेका छन्। काठमाडौंको वसन्तपुरबाट सांस्कृतिक झाँकी, बाजागाजा र विभिन्न परम्परागत भेषभूषासहित र्याली निकालिएको छ। र्यालीमा नेवार समुदायका विभिन्न संघसंस्था, सांस्कृतिक समूह तथा सर्वसाधारणको सहभागिता रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)