तिहार मनाउन भारतबाट घर फर्किँदै गरेका बैतडीका भण्डारीको बाटोमै मृत्यु
kendrabindu.com · Tue Nov 10 05:46:02 UTC 2026

बैतडी । तिहार मनाउन भारतबाट घर फर्किँदै गरेका बैतडीका एक पुरुषको बाटोमै मृत्यु भएको छ। रोजगारीका लागि भारतमा रहेका पाटन नगरपालिका–६ का ४९ वर्षीय हरिश भण्डारीको बसमै बेहोस भएपछि उपचारका क्रममा मृत्यु भएको हो।
महेन्द्रनगरबाट बैतडीतर्फ आउँदै गरेको सुपप्र ०२ ००१ ख १०३१ नम्बरको बसमा भण्डारी सोमबार राति बेहोस अवस्थामा भेटिएका थिए। राति करिब १२ः३० बजे पाटन बजार पुगेको बसभित्र उनलाई बेहोस अवस्थामा देखेपछि तत्काल उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र पाटन लगिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)