मध्यावधि निर्वाचनपछि के ट्रम्प कमजोर बनेकै हुन् ? भन्छन्- इरानसँगको युद्ध सैन्य रूपमा समाप्त
bishowkhabar.com · Tue Nov 10 06:11:43 UTC 2026

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध सैन्य रूपमा समाप्त भएको दाबी गर्दै तत्काल आक्रमण पुनः सुरु गर्ने आवश्यकता नरहेको बताएका छ । तर इरानले आणविक कार्यक्रमबारे अमेरिकी चासो सम्बोधन नगरे सैन्य कारबाहीका लागि तयार रहेको उनले स्पष्ट पारेका छन् ।
कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान बिन जसिम अल थानीसँग सोमबार ह्वाइट हाउसमा भेटवार्तापछि पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले इरानको सैन्य क्षमता र नेतृत्व कमजोर बनाइएको दाबी गरे । युद्धको दीर्घकालीन समाधान खोजिरहेको उल्लेख गर्दै उनले कतार, साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, बहराइन र कुवेतलगायत क्षेत्रीय सहयोगी राष्ट्र पनि युद्धको वर्तमान अवस्था कायम राख्न इच्छुक रहेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)