भारतमा अभ्यास टी–२० शृङ्खला खेल्ने नेपाली यू–१९ महिला टोलीको बिदाइ
ratopati.com · Tue Nov 10 06:16:04 UTC 2026
काठमाडौँ । नेपाली यू–१९ महिला क्रिकेट टोलीले भारतमा अभ्यास टी–२० शृङ्खला खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले आगामी नोभेम्बर १२ देखि २२ तारिखसम्म भारतको बैंगलोरमा आयोजना हुने ‘नेपाल यू–१९ वुमन्स प्राक्टिस टी–२० सिरिज’ का लागि १५ सदस्यीय टोली घोषणा गरेको छ ।
क्यानले मंगलबार सार्वजनिक गरेको टोलीको कप्तानी सोनी पाख्रिनले गर्नेछिन् । टोलीमा रचना कुमारी चौधरी, रिया शर्मा, प्रिन्सा राना मगर, टिका साह, अन्जिला पाठक, साक्षी यादव, सावित्री घामी, मनीषा चौधरी, आशिका कुमारी महरा, आशा चौधरी, प्रथा श्रेष्ठ, ज्योत्स्निका मरासिनी, पूर्णिमा राजवंशी र तिर्सना विश्वकर्मा छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)