मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नेपाल संवत् सबै नेपालीको साझा : मधु आचार्य

hamrakura.com · Tue Nov 10 00:00:00 UTC 2026

भक्तपुर। नेपाली कांग्रेसका उपसभापति मधु आचार्यले नेपाल संवत् कुनै जाति वा समुदाय विशेषको नभई सम्पूर्ण नेपालीको साझा मौलिक संवत् भएको बताएका छन्। उनले नेपाल संवत् नेपालको पहिचान, मौलिकता र राष्ट्रिय गौरवसँग जोडिएको उल्लेख गरे।

मंगलबार भक्तपुरमा राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठानले नेपाल संवत् ११४७ को नयाँ वर्षका अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै आचार्यले नेपाल संवत्को ऐतिहासिक तथा राष्ट्रिय महत्त्वबारे चर्चा गरे।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)