नेपाल संवत्को प्रयोग सरकारी कामकाजदेखि डिजिटल प्रणालीसम्म विस्तार गर्न सभामुखको जोड
kalakarmi.com · Tue Nov 10 06:28:21 UTC 2026

काठमाडौं- सभामुख डोलप्रसाद (डीपी) अर्यालले नेपाल संवत्को प्रयोग सरकारी कामकाज, सार्वजनिक अभिलेख, शैक्षिक क्षेत्र र डिजिटल प्रणालीमा विस्तार गर्न सरकारले स्पष्ट नीति, आवश्यक बजेट र प्रभावकारी कार्ययोजना बनाउनुपर्ने बताएका छन् ।
राष्ट्रिय विभूति शंखधर साख्वा प्रतिष्ठानले मंगलवार गृहमन्त्री सुधन गुरुङको उपस्थितीमा आयोजना गरेको कार्यक्रममा बोल्दै सभामुख अर्यालले शंखधर साख्वाको योगदानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने र नेपाल भाषा तथा नेपाल लिपिको संरक्षण गर्ने जिम्मेवारीबाट राज्य विमुख हुन नहुनेमा उनले जोड दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)