प्रधानमन्त्रीको आसन्न भारत भ्रमण : एजेन्डामा गृहकार्य हुँदै
gorkhapatraonline.com · Tue Nov 10 06:31:16 UTC 2026

प्रधानमन्त्री वालेन्द्र शाहको आसन्न भारत भ्रमणको एजेन्डा तय गर्न नेपाल सरकारका मन्त्रालय र निकाय लागेका छन् । प्रधानमन्त्री शाहको भ्रमणलाई राष्ट्रिय हितमुखी बनाउन स्वयम् प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, परराष्ट्र मन्त्रालय र अन्य सरोकारवाला मन्त्रालयको घनिभूत प्रयास जारी छ ।
प्रधानमन्त्री कार्यालयको अनुसार भ्रमण सबै तरहले फलदायी बनाउन सरकारले आन्तरिक गृहकार्य बलियो बनाएको छ । समकक्षी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा आउँदो मङ्सिर दोस्रो साता प्रधानमन्त्री शाह भारतको औपचारिक भ्रमणका लागि दिल्ली प्रस्थान गर्दै हुनुहुन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)