धनुषाको ऐतिहासिक रघुनाथपुरमा पहिलोपटक भव्य तिहार शुभकामना साँझ सम्पन्न
kendrabindu.com · Tue Nov 10 06:44:59 UTC 2026

धनुषा । धनुषाको सबैला नगरपालिका–१२ स्थित ऐतिहासिक स्थल रघुनाथपुरमा पहिलोपटक तिहार विशेष शुभकामना साँझ भव्य रूपमा सम्पन्न भएको छ। तिहारको अवसर पारेर आयोजना गरिएको कार्यक्रममा नेपालका चर्चित राष्ट्रिय कलाकारहरूले सांगीतिक तथा मनोरञ्जनात्मक प्रस्तुति दिएका छन्।
लक्ष्मीपूजा समितिको आयोजना तथा श्री हरिहरनाथ धर्मशाला संरक्षण समितिको समन्वयमा सम्पन्न कार्यक्रममा वरिष्ठ गायक आनन्द कार्की, पप स्टार कमल खत्री, हास्य कलाकार सन्दीप क्षेत्री, कार्यक्रम प्रस्तोता तथा गायिका प्राश्ना पाण्डे, गायिका प्राप्ति तुलाचन र गायक राजा राजपुतले प्रस्तुति दिएका थिए। कार्यक्रममा अन्तर्राष्ट्रिय कार्यक्रम आयोजक विक्रान्त कार्कीको समेत उपस्थिति रहेको थियो भने कार्यक्रम सञ्चालन विवेक खतिवडाले गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)