शक्तिशाली एल निनोले विश्वभर मौसममा असर
kendrabindu.com · Tue Nov 10 06:53:50 UTC 2026

बैङ्कक । असाधारण रूपमा शक्तिशाली एल निनोका कारण विश्वभर बाढी, खडेरी र तापक्रम वृद्धिको जोखिम बढेको छ । यसले खाद्य सुरक्षामा समेत चुनौती थपेको छ । जलवायु विज्ञहरूका अनुसार सन् २०२६ दोस्रो सबैभन्दा तातो वर्ष बन्ने र सन् २०२७ ले तापक्रमको नयाँ कीर्तिमान कायम गर्ने सम्भावना छ ।
युरोपेली सङ्घ (इयु) को जलवायु अनुगमन संस्था कोपर्निकसका अनुसार एल निनोले मानव गतिविधिका कारण भइरहेको तापक्रम वृद्धिलाई थप तीव्र बनाएको छ । अक्टोबरमा विश्वको औसत तापक्रम र समुद्री सतहको तापक्रम उच्च विन्दुमा पुगेको संस्थाले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)