मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

वाग्मतीका १३ वटै जिल्लाका सरकारी कार्यालयमा नेपाल र तामाङ भाषा प्रयोग गर्ने तयारी

baahrakhari.com · Tue Nov 10 06:57:00 UTC 2026

काठमाडौं । वागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेशका १३ वटै जिल्लाका सरकारी कार्यालयमा नेपाल र तामाङ भाषालाई सरकारी कामकाजमा प्रयोग गर्ने तयारी भइरहेको बताएका छन् । नेपाल संवत् ११४७ का अवसरमा मंगलबार (कात्तिक २४) काठमाडौंमा आयोजित एक कार्यक्रममा उहनले प्रदेश सरकारले ०८० सालमै नेपालभाषा र तामाङलाई सरकारी कामकाजको भाषा बनाउने ऐन पारित गरी कार्यान्वयनमा ल्याएको स्मरण गरे ।

ऐन कार्यान्वयनमा आए पनि व्यवहारमा भाषाको प्रयोग प्रभावकारी हुन नसकेको उनले स्वीकार गरे । उनले अब सबै मन्त्रालयका बोर्ड र लेटरहेडमा नेपाली, नेपाल र तामाङ भाषा प्रयोग गरिने जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)