मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

घमाइलो मकवानपुर गढी (फोटोफिचर)

gorkhapatraonline.com · Tue Nov 10 07:10:15 UTC 2026

मकवानपुर, कात्तिक २४ गते । चाडपर्वसँगै मौसम खुलेपछि मकवानपुरको ऐतिहासिक तथा पुरातात्त्विक महत्व बोकेको मकवानपुर गढी दरबारमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । निलो आकाश, घमाइलो मौसम र गढी परिसरबाट देखिने मनोरम प्राकृतिक दृश्यका कारण पछिल्लो समय मकवानपुर गढी घुम्न आउने पर्यटकको आकर्षण बढ्दै गएको हो ।

बागमती प्रदेशको राजधानी हेटौँडाबाट करिब १६ किलोमिटर पूर्व कान्ति राजपथसँगै अवस्थित मकवानपुर गढी अध्ययन, अवलोकन, शैक्षिक भ्रमण तथा आन्तरिक पर्यटनको महत्वपूर्ण गन्तव्य बन्दै गएको छ । मकवानपुरसहित चितवन, काठमाडौँ, पोखरा, बारा, रौतहट र सिन्धुलीलगायत जिल्लाबाट पर्यटक यहाँ पुग्ने गरेका छन् । सडकमार्ग हुँदै आवतजावत गर्ने यात्रु पनि समय मिलाएर गढी परिसरको अवलोकन गर्ने गर्छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)