नेपाल संवत्को प्रयोग सरकारी अभिलेख र डिजिटल प्रणालीमा विस्तार गर्न सभामुख अर्यालको जोड
barnanmedia.com · Tue Nov 10 07:08:30 UTC 2026

सभामुख डोलप्रसाद (डीपी) अर्यालले नेपाल संवत्को प्रयोग सरकारी कामकाज, सार्वजनिक अभिलेख, शैक्षिक क्षेत्र र डिजिटल प्रणालीमा विस्तार गर्न सरकारले स्पष्ट नीति, आवश्यक बजेट र प्रभावकारी कार्ययोजना बनाउनुपर्ने बताएका छन् ।
राष्ट्रिय विभूति शंखधर साख्वा प्रतिष्ठानले मंगलबार गृहमन्त्री सुधन गुरुङको उपस्थितीमा आयोजना गरेको कार्यक्रममा बोल्दै सभामुख अर्यालले शंखधर साख्वाको योगदानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने र नेपाल भाषा तथा नेपाल लिपिको संरक्षण गर्ने जिम्मेवारीबाट राज्य विमुख हुन नहुनेमा उनले जोड दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)